शुक्रबार, वैशाख ७, २०८१

नबिल बैंक : बलियोमध्ये सबैभन्दा बलियो

प्रतिकूल अवस्थामा पनि दुई खर्ब निक्षेप, खुद मुनाफा तीन अर्ब ६७ करोड, शून्य दशमलव ४८ प्रतिशत कर्जा मात्र निष्क्रिय

नेपालखोज २०७८ असार १८ गते १५:१५

काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमा हाल २७ वटा वाणिज्य बैंकहरूले वित्तीय कारोबार सञ्चालन गर्दै आएका छन् । तीमध्ये पनि सरकारी स्वामित्वका तीनवटा बैंक छन् । निजी क्षेत्रद्वारा सञ्चालित बैंकहरूको संख्या २४ वटा छ । तर यी सबै बैंकहरूको भिडमा नबिल बैंक बलियोमध्येको सबैभन्दा बलियो बैंक हो ।

निक्षेप तथा कर्जा प्रवाह, खुद मुनाफा, निष्क्रिय कर्जा एवं अन्य वित्तीय परिसूचकहरूमा नबिल बैंकले तीनवटा सरकारी बैंकसहित सबै किसिमका निजी बैंकहरूलाई निकै नै पछाडि पारेको छ । सबैजसो आर्थिक वर्षहरूमा नबिल बैंकको नाफा एवं वित्तीय परिसूचकहरू निकै नै सबल देखिने गरेका छन् । नेपाली बैंकिङ क्षेत्रमा क्षेत्रमा सन् १९८४ देखि वित्तीय कारोबार सञ्चालन गरेको नबिल आजको दिनसम्म आइपुुग्दा अगुवा बैंकका रूपमा आफ्नो परिचय स्थापित गरिसकेको छ । चौधरी समूहको प्रमुुख सेयर लगानी रहेको नबिलले अहिले देशभर एक सय १९ वटा शाखा र एक सय ८५ वटा एटीएम काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । स्थापनाकालदेखि नै कुशल व्यवस्थापकीय क्षमताका कारण उच्चतम् प्रतिफल वितरण गर्दै आएको बैंकको सञ्चालक एवं व्यवस्थापनप्रति बैंकका आम सेयरधनी, लगानीकर्ता, कर्मचारीहरू, ग्राहक सबै नै खुसी छन् । नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको ऐन, कानुुन र परिधिभित्र रहेर वित्तीय कारोबार सञ्चालन गर्दै आएको बैंकको कुुशल व्यवस्थापकीय क्षमताका कारण नै बैंकले यो व्यावसायिक उचाइ हासिल गरेको हो ।

यो उचाइ हासिल गर्न सिंगो नबिल बैंक परिवारको निकै नै ठूलो त्याग र मिहिनेत छ । यही मिहिनेतका कारण नबिल बलियोमध्येको सबैभन्दा बलियो वाणिज्य बैंक बन्न सफल भएको हो । अहिले यो बैंकको सञ्चालक समितिको अध्यक्षका रूपमा उपेन्द्र पौडेल छन् । व्यवस्थापन प्रमुखका रूपमा प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह छन् ।

यो समूहको कुुशल व्यवस्थापकीय क्षमता र उत्कृष्ट कार्यशैलीले बैंकले कोभिड–१९ को विश्व महामारीबाट सिर्जित असहज परिस्थितिमा पनि आफ्ना सबै वित्तीय परिसूचकहरूलाई सबल राख्न सफल भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० अर्ब चुक्ता पुँजी, एक खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप, एक खर्ब ५७ अर्ब रुपैयाँ कर्जा, एक अर्ब तीन करोड ५७ लाख रुपैयाँ खुद मुनाफा र शून्य दशमलव ६५ प्रतिशत मात्र निष्क्रिय कर्जा रहेको नबिलले चालु आवको तेस्रो त्रैमाससम्म आइपुुग्दा आफ्नो वित्तीय अवस्थालाई अझ सबल बनाएको छ ।

चालुु आवको तेस्रो त्रैमासमा १३ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पुँजी कायम गरेको नबिलले यस अवधिमा दुई खर्ब आठ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । एक खर्ब ८६ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा तीन अर्ब ६७ करोड ९८ लाख रुपैयाँ खुद मुनाफा कमाएको बैंकमा शून्य दशमलव ४८ प्रतिशत कर्जा मात्र निष्क्रिय छ ।

बैंकको यो अवस्था भनेको वाणिज्य बैंकहरूको मध्येकै सबैभन्दा अब्बल अवस्था हो । बैकले प्रतिकूल अवस्थामा पनि आर्जन गरेको यो व्यावसायिक सफलताले आगामी समय पनि उच्चतम् प्रतिफल पाउनेमा नबिल बैंकका लगानीकर्ताहरू ढुक्क छन् ।

यस्तो छ चालुु आवको तीनवटा त्रैमासमा नबिल बैैंकको वित्तीय अवस्था (रकम रु. हजारमा, निष्क्रिय कर्जा प्रतिशतमा)

विवरणचुक्ता पुँजीनिक्षेपकर्जाखुद मुनाफानिष्क्रिय कर्जा
पहिलो त्रैमास१००९७४९७१९६१५१८७११५७१९६०२४१०३५७१२०.६५
दोस्रो त्रैमास१३४८०१५९२००१४९४२९१७०५२१६४४२०१६०२३०.६०
तेस्रो त्रैमास१३४८०१५९२०८३३३८१८१८६१९३१९८३६७९८७००.४८
(स्रोत: नबिल बैंक स्वयंले विभिन्न समयमा प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण)




प्रतिक्रिया