इथियोपियामा भोकमरीको समस्या आउनसक्ने राष्ट्रसंघको चेतावनी
नेपालखोज
२०७८ असार १९ गते ९:३५

काठमाडौं । संयुक्त राष्ट्रसंघले अफ्रिकन मुलुक इथियोपियामा भोकमरीको समस्या आउनसक्ने चेतावनी दिएको छ । लामो समयदेखि जारी आन्तरिक द्वन्द्वका कारण इथियोपियामा भोकमरी फैलनसक्ने भन्दै राष्ट्रसंघले तत्काल मावविय सहायता उपलब्ध गराउन आवश्यक रहेको औंल्याएको छ ।
पछिल्लो समय तीन लाख भन्दा बढी बालबालिका कुपोषणको शिकार भएको भन्दै राष्ट्रसंघले यो आंकडा अझै बढ्न सक्ने औंल्याएको हो । तिग्रे क्षेत्रमा विद्रोहीले आफ्ना गतिविधि बढाएसँगै आठ महिनाको अवधिमा करिश दुई लाख मानि भोकमरीमा परेको राष्ट्रसंघले जनाएको छ ।
सरकारले गत सोमबार एक पक्षीयरुपमा युद्धविरामको घोषणा गरेपनि विद्रोहीले आफ्ना गतिविधिलाई जारी राखेको बीबीसीले जनाएको छ । सरकारले युद्धविरामको घोषणा गरेपनि आफूहरुका कारवाही जारी रहने विद्रोहीले चेतावनी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया