मुग्लिङ-नारायणगढ सडक एकतर्फी सञ्चालन
नेपालखोज
२०७८ असार १९ गते ११:००

चितवन । नारायणगढ – मुग्लिङ सडक खण्ड एकतर्फी खुलेको छ । लगातारको वर्षाका कारण बन्द उक्त सडक एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
तीन किलो, चार किलो र सेतीदोभानमा खसेको पहिरो हटाएर एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।
त्यस्तै, तनहुँको भानु नगरपालिका एक रमाइलो डाँडामा पहिरो खसेपछि लमजुङ(बेसीसहर सडक खण्ड बन्द भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया