बाढी-पहिराे : ३४ को मृत्यु, ३१ बेपत्ता, ३९ घाइते
नेपालखोज
२०७८ असार १९ गते ११:५५

काठमाडौं । गत जेठ ३१ गतेबाट सुरु भएको यस वर्षकाे मनसुनबाट विभिन्न विपत्का घटनामा परि अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ । ३१ जना बेपत्ता भएका छन् भने ३९ जना घाइते भएका छन् ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार आज (शनिबार) बिहानसम्म मनसुनजन्य घटना दुई सय दुईवटा भएका छन् ।
केन्द्रका अनुसार बाढी, पहिरो र डुबानमा परि ४८९ घर पूर्ण र ११३ घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी भौतिकतर्फ सार्वजनिक क्षेत्रमा पनि धेरै क्षति भएको छ । जसमा सरकारी भवन ३६, सामदुायीक भवन, विद्यालय ७, झोलुङ्गे पुल २२, पक्की पुल १४, हाइड्रो २५, मोटरेबल काठको पुल ७ र बैंङ तथा वित्तीय संस्थाको दुईवटा भवनमा क्षति पुगेको छ ।
(हेर्नुहाेस् विवरण)

सम्बन्धित

प्रतिक्रिया