शुक्रबार, वैशाख ७, २०८१

आमिर खानले गरे सम्बन्ध विच्छेद, १५ वर्षको सम्बन्ध समाप्त

नेपालखोज २०७८ असार १९ गते १४:०१

नयाँ दिल्ली । बलिउड अभिनेता आमिर खान र किरण राव विवाह भएको १५ वर्ष पछि छुट्टिएका छन् । उनले आधिकारिक विज्ञप्ति जारी गरेर यो जानकारी दिएका हुन् ।

आपसी सहमतिसँगै, उनीहरुले बाटो छुट्याउने निर्णय गरेका हुन् । आमिर र किरणले भनेका थिए, ‘१५ बर्षको हाम्रो सुन्दर यात्रामा हामीले एक साथ जीवनभरको अनुभव, आनन्द महसुस गरेका छौं । हाम्रो सम्बन्ध केवल विश्वास, आदर र प्रेमसँग बढेको छ । अब हामी हाम्रो जीवनको नयाँ अध्याय सुरू गर्न चाहन्छौं । अब पति र पत्नीको रूपमा होइन तर एक अर्काका सह–अभिभावक र परिवारको साथ ।’

परिवार र साथीहरुलाई धन्यवाद
उनले आफ्नो बयानमा भनका छन्, ‘हामी फिल्म, फाउन्डेसन र अन्य परियोजनाहरूमासँगै काम गर्ने छौं । परिवार, मित्रहरुलाई तपाईको निरन्तर समर्थन र हाम्रो सम्बन्ध सम्झिदिएकोमा धेरै धन्यवाद । जसको बिना हामी यहाँ पुग्न सक्दैनौं ।

हामी हाम्रा शुभचिन्तकहरुबाट शुभकामना र आशिस खोजी गर्दछौं र आशा गर्दछौं कि तपाईले हामी जस्तो यस सम्बन्धविच्छेदलाई अन्त्यको रूपमा होइन तर नयाँ यात्राको सुरूवातको रूपमा देख्नुहुनेछ ।

उनीहरूकाे भेट ’लगान’ को सेटमा

आमिर खान र किरण राव पहिलो पटक ’लगान’ फिल्मको शुटिंगको दौरान भेटेका थिए । फिल्ममा आमिर मुख्य भूमिकामा थिए र किरण सहायक निर्देशक थिइन् । २८ २००५ मा उनीहरूले लगनगाँठो बाँधका थिए । उनीहरूको एक छोरा आजाद राव खान छन् । हिन्दुस्तान

प्रतिक्रिया