मेडिकल कलेजबारे अविलम्ब निर्णय गर्न दुर्गा प्रसाईंकाे आग्रह

नेपालखोज २०७८ असार १९ गते १७:२९

काठमाडाैं । बीएन्डसी मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटल एवं रिसर्च सेन्टरका कार्यकारी निर्देशक दुर्गा प्रसाईले आफ्नो मेडिकल कलेज बारे अविलम्ब निर्णय गर्न प्रधानन्त्री केपी शर्मा ओली समक्ष आग्रह गरे ।

कार्यकारी निर्देशकले संघीय राजधानी काठमाडाैंमा शनिबार पत्रकार सम्मेलन गरी कलेजलाई सम्बन्धत दिन वा सरकार आफैले सञ्चालन गर्न वा सधेका लागि बन्द गर्ने विषयमा अविलम्बन स्पष्ट र ठोस निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

उनले हस्पिटलको सम्बन्धन र चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनको सन्र्दभमा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले कलेजमाथि गरेको जघन्य अपराध तथा शंकास्पद कानुन प्रतिकुलको भूमिकाको विषयमा सञ्चारमाध्यममा आएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए ।

उनले गिरी आयोगको उपाध्यक्ष हुन समेत कानुन अनुसार अयोग्य रहेको दाबी कार्यकारी निर्देशक प्रसाईले गरे । कार्यकारी निर्देशक प्रसाईले आयोगका उपाध्यक्ष गिरिले आफुसंग २० करोड घुस मागेको दाबी पनि गरेका छन् ।

प्रतिक्रिया