कक्षा १२ को परीक्षा साउन अन्तिम साता गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी
नेपालखोज
२०७८ असार २० गते ७:४९

काठमाडौं । कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव राष्ट्रिय परीक्षा बोर्डले अघि सारेको छ ।
भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि सरकारसँग अनुमति मागेको हो ।
बोर्डका अध्यक्ष प्रा.चन्द्रमणि पौडेलले परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै आफूहरूले परीक्षाको प्रक्रिया अगाडि बढाउने जानकारी दिए । उनले लाखौँ विद्यार्थी सहभागी हुने परीक्षा भएका कारण अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न नसकिने स्पष्ट पारेका छन् ।
केही समय ढिला भए पनि भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने योजना बोर्डले बनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया