काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा पुनः थप्ने तयारी गरिएको छ । कोरोना संक्रमणदर पछिल्लो समय केही कम हुँदै गएपनि संक्रमणको जोखिम भने कायमै रहेको भन्दै थप खुकुलो बनाउँदै निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ ।
निषेधाज्ञाबारे थप निर्णय गर्न काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । तीन बजे काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले निषेधाज्ञा कस्तो मोडालिटीमा थप्ने भन्ने निर्णय लिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।
अबको निषेधाज्ञामा सबै सार्वजनिक यातायात चल्न दिनुपर्ने व्यवसायीको दबाब छ । यसमा प्रजिअहरु सकारात्मक छैनन् । स्वास्थ्य मन्त्रालयको सुझावको आधारमा सबै सार्वजनिक सवारी साधन खुलाउने वा नखुलाउने भन्ने निर्णय गर्ने तयारी प्रजिअहरुको छ ।

प्रतिक्रिया