एमाले विवाद : ओलीसँग भेट्न नेपालको अरुचि

नेपालखोज २०७८ असार २० गते १५:५५
फाइल फोटो

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग भेट्न अस्वीकार गरेको बताएका छन् । पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र नेता पौडेलले आईतबार बिहान नेता नेपाललाई भेटेका थिए ।

भेटमा उनले प्रधानमन्त्रीसंग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेता नेपालले रुची नदेखाएको नेता पौडेलले जानकारी दिए । राष्ट्रियसभाको बैठक पछि संघीय संसदभवन नयाँवानेश्वरमा नेता नेपालसंगका भेटबारे संञ्चारकर्मीले राखेको जिज्ञासामा नेता पौडेलले आफुले समस्या समाधानका लागि दुई नेताबीच भेटघाट होस् भन्ने इच्छा व्यक्त गरेको र नेपालले रुची नदेखाएको बताए ।

उनले भने“ माधव कमरेडको मा गएका थियौ । म सुवास जी र शंकर जी भएर । उहाँसंग एकछिन कुराकानी भयो । हामीले के आग्रह गर्यौ भने, पार्टीलाई एकतावद्ध गरेर लिएर जाउँ । हाम्राबीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरु छैनन् । तपाईहरु एक आपसमा बस्नुहोस् नेताहरु पनि । हामी पनि आपसमा विभिन्न साथीहरुसंग छलफलमा छौ । समाधान खोजेर अगाडि जाउँ । पार्टी अध्यक्ष र तपाईकोबीचमा मिटिङ होस् हामी त्यो चाहन्छौ । भनेर हामीले प्रस्ताव राख्यौ ।उहाँले खासगरीकन प्रधानमन्त्रीसंग भेट्नका लागि अरुची प्रकट गर्नुभयो । भेट्ने कुरामा खासै रुची राख्नुभएन । ठिकै छ छलफल गर्दे जाउँ भनेर हामी उठ्यौ । ”

प्रतिक्रिया