शुक्रबार, वैशाख १४, २०८१

बलिउडका दिवंगत अभिनेता इरफान खानको अप्रदर्शित चलचित्र युट्युबमा रिलिज

नेपालखोज २०७८ असार २० गते १७:३७

दिल्ली । बलिउड अभिनेता इरफान खानद्वारा अभिनित चलचित्र ‘दुबई रिटर्न्स’ यूट्यूबमा रिलिज भएको छ । सन् २००५ मै बनेर तैयार भएको यो चलचित्र विशेष कारणबस प्रदर्शमा आउन सकेको थिएन् ।

लामो समयदेखि अनरिलीज्ड रहँदै आएको ‘दुबई रिटर्न्स’ यूट्यूबमार्फत सार्वजनिक भएको जानकारी स्वर्गीय अभिनेता खानकी श्रीमती सुतापा तथा छोरा बाबिल खानले दिएका हुन । उनिहरुले यसका लागि सामाजिक संजालको उपयोग गरेका थिए ।

चलचित्र ‘दुबई रिटर्न्स’ मा इरफानका अतिरिक्त रितु शिवपुरी, विजय मौर्य, दिव्या दत्ता, रज्जाक खान आदिले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यो चलचित्रलाई निर्देशक आदित्य बसु भट्टाचार्यले निर्देशन गरेका हुन् ।

चलचित्र ‘दुबई रिटर्न्स’ बान्द्रा फिल्म फेस्टिवलको यूट्यूब च्यानलमा रिलिज गरिएको बताईएको छ । इरफानकी धर्मपत्नी सुतापाले यो चलचित्रको पोस्टर सेयर गर्दै लेखेकी छिन- इरफ़ानको सबैभन्दा अजीबोगरीब जॉयराइड मध्ये एक, तर यो ठूलो पर्दामा कहिल्यै रिलिज हुन सकेन । इरफानको यो चलचित्रको वर्ल्ड प्रिमियरन्यूयोर्क ईन्डियन फिल्म फेस्टिवल गरिएको थियो ।

यो फिल्म २००५ मा सम्पन्न भारतको अन्तर्राष्ट्रीय फिल्म महोत्सवमा पनि देखाईएको थियो । रिलिजका लागि सबै तयारी पूरा भएपनि यो चलचित्रले अन्य कुनै कारणले सिनेमाघरको मुख देख्न पाएन । यो चलचित्रकी प्रोड्यूसर मान्या पाटिलले गएको बर्ष दिएको एक अन्तरवार्तामा भनेकी थिईन – म यो फिल्म रिलीज गर्न चाहन्छु, यो मेरो धेरै ठुलो इच्छा वा चाहना पनि हो ।

प्रतिक्रिया