शुक्रबार, चैत १६, २०८०

वाग्मती प्रदेशसभाको बैठक आज बस्दै

नेपालखोज २०७८ असार २१ गते ७:११

काठमाडौं । वाग्मती प्रदेशसभाको बैठक आज बस्दैछ । हिजोका लागि बस्ने भनिएको प्रदेशसभाको आज बैठक विशेष कारणवश आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएकोे हो ।

शनिबार विपक्षी दलहरुले विनियोजित बजेटमा माग गरिएअनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गरेका थिए ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको सक्रियतामा हिजो हेटौँडामा सर्वदलीय बैठक भएको थियो । बैठकमा सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डे, नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ, साझा विवेकशील दलका रमेश पौड्याल र सत्तारुढ दलका प्रमुख सचेतक दीपक निरौला सहभागी थिए ।

उनीहरुबीच आज बस्ने बैठकमा विनियोजित बजेट शीर्षकमा छलफल पुनः सञ्चालन गर्ने सहमति भएको नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले बताए ।

प्रतिक्रिया