बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी भुजेल पक्राउ

काठमाडौं । बैंकिङ् कसुर मुद्दाका फरार प्रतिवादी शक्ति भुजेल पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी)का अनुसार रोशन कार्कीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी शक्ति भुजेल भएको बैंकिङ्ग कसुर मुद्दामा उच्च अदालत पाटनको २०७७ फागुुन पाँच गतेको फैसलाले झापाको साविक बैगुनधुरा गा.वि.स. वडा नं.९ स्थायी बासस्थान जिल्ला मोरङ्ग,बाहुनी गा.वि.स वडा नं.८ साविक वेलबारी नगरपालिका वडा नं.७ घर भई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१६ बालाजु बस्ने शक्ति भुजेललाई पक्राउ गरिएको हो ।
पक्राउ परेका भुुजेल उपर उच्च अदालत पाटननले १४ दिन कैद र ९२ लाख रुपैयाँ जरिवाना गरी हुने ठहर भएको र उक्त सजाय वेरुजू रही फरार रहेकोले प्रतिवादी भुजेलललाई सीआईबीबाट खटिएको टोलिले यही असार २० गते बोहोराटार काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जानकारी दिएको छ ।
सीआईबीका अनुसार २०७६ सालमा प्रतिवादी शक्ति भुजेलले विभिन्न व्यक्तिहरुलाई अष्ट्रेलिया पठाइदिन्छु भनि रकम लिएको र उक्त रकम बराबरको चेक पिडित व्यक्तिहरुलाई पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी नविल बैंकमा रहेको निजको नामको खाताबाट भुक्तान हुने गरी पीडित जाहेरवालालाई ९२ लाख रुपैयाँ बराबरको चेकहरु काटी दिएकोमा बैंकिङ् कसुरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट भुजेलको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरि फैसला भएको हो ।

प्रतिक्रिया