चौबीस घण्टामा २ हजार २११ डिस्चार्ज, २३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा दुई हजार २११ कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । सोही अवधिमा दुई हजार ६२२ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जम्मा ११ हजार ५२७ जनामा परीक्षण गरिएको छ । जसमा ७ हजार ४९९ जनामा पीसीआर विधिबाट गरिएको परीक्षणमा १ हजार ७४५ र ४ हजार २८ जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८७७ जना गरी २ हजार ६२२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा २३ जनाको कोरोनाका कारणा मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार २४८ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २५ हजार ६९० रहेको छ ।
हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ६ लाख ११ हजार ४२९ जना पुगेका छन् । हाल नेपालमा क्वारिन्टिनमा ३१७ र आइसोलेसनमा २५ हजार ६९० जना रहेका छन् ।
नेपालमा हालसम्म ६ लाख ४६ हजार ३६७ जनामा संक्रमण पुष्टि भएका छन् ।
प्रतिक्रिया