‘प्रधानमन्त्रीकाे संगतमा परेर आफ्नै पार्टीका नेताहरुले छलछाम गर्न थाले’
काठमाडौं । जनता समाजवादी पार्टीको राजनैतिक किचलोले राष्ट्रियसभाको बैठकमा प्रवेश पाएको छ । राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य मृगेन्द्र सिं यादवले प्रधानमन्त्री केपी शर्मा ओेलीको संगतमा परेर आफ्नो पार्टीका नेताहरुले छलछाम र जालझेल गर्न थालेको आरोप लगाएका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष महत्थ ठाकुरले किर्ते गरेर, नक्कली कागजपत्र तयार गरेर आफूलाई एकल अध्यक्ष भएको दाबी गरेको बताए । सांसद यादव अहिले उपेन्द्र यादव समूहमा छन् ।
उनले वर्तमान प्रधानमन्त्रीलाई हिन्दी भाषाको एक उखानमा तुलना गर्दे कमौरव वंशको जस्तो अन्त्य हुने ठोकुवा गरे । सांसद यादवले हिन्दिमा राष्ट्रियसभाको बैठकमा भने हिन्दी भाषाको उखान यस्तो छ, ‘अहंकार से नास होते हे धर्म वैभव वंश, नमानो तो देखलो रावण कौरव कंस ।’
जनता समाजवादी पार्टीबाट राष्ट्रियसभामा सदस्य हुनुभएका अर्का सांसद शेखर कुमार सिंहले महन्थ ठाकुर समुहमा हुनुहुन्छ । राष्ट्रियसभा सदस्य प्रमिला कुमारी भने उपेन्द्र यादव समुहमा रहनुभएको छ । राष्ट्रियसभाको यो अधिवेशनको पहिलो बैठकमा बोल्दै प्रमिला कुमारीले सरकारको विरोध गरेकी थिइन् ।
प्रतिक्रिया