रोकिएन म्यानमारमा सेनाको ज्यादती, हालसम्म ८ सय ९० जनाको मृत्यु

काठमाडौं । म्यानमारमा सेनाले गोली प्रहार गरी २५ जना सैनिक शासन विरोधी लडाकु र सर्वसाधारणको हत्या गरेको छ । म्यानमारको मध्य सागाइङ क्षेत्रमा सेनाले चलाएको गोली लागेर उनीहरुको मृत्यु भएको हो ।
ट्रकमा सवार सेनाको टोलीले सागाइङ क्षेत्रमा प्रवेश गरी लडाकुहरु माथि अन्धाधुन्ध गोली प्रहार गर्दा दोहोरो भिडन्त भएको थियोे । सोही क्रममा सेनाले बाटोमा हिंडेका सर्वसाधारण माथि पनि गोली प्रहार गरेको थियो । गत फेब्रुअरीमा नेतृ आङ सान सुचीको दललाई अपदस्थ गर्दै सेनाले सत्ता कब्जा गरेपछि भएका विभिन्न प्रदर्शन तथा झडपमा हालसम्म ८ सय ९० जना मारिएका छन् ।
त्यस्तै, म्यानमार सेनाको ज्यादतीबिरुद्ध बिश्व समुदायले बिरोध गरेको छ । अमेरिका र बेलायतले एक बिज्ञप्ती जारी गरी म्यानमार सेनाको बिरोध गरेको हो । उनीहरुले म्यानमारका सर्वसाधारणको मानवअधिकार हनन गरेको भन्दै तत्काल यस्ता गतिबिधी रोक्न अपील गरेको छ ।
प्रतिक्रिया