नाइजेरियामा विद्यालयबाट अपहरणमा परेका २२ विद्यार्थी अपहरण मुक्त

नाइजेरिया । नाइजेरियाको एक विद्यालयबाट अपहरणमा परेका २७ जना बालबालिकालाई सकुशल अपहरणमुक्त गरिएको छ । इजेरियाको उत्तरपश्चिमी प्रान्त कादुनाबाट अपहरणमा परेका ती बालबालिकालाई प्रहरीले अपहरणमुक्त गरेको बताएको छ ।
उनीहरुलाई सकुशल अपहरण मुक्त गराइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले दिएको जानकारी अनुसार नाइजेरियाको दामिसी नगरको एक विद्यालयबाट अपहरणमा परेका उनीहरुलाई मुक्त गरिएको हो ।
सो विद्यालयबाट उनीहरुलाई सोमबार अज्ञात व्यक्तिहरुले अपहरण गरेका थिए । साथै त्यहाँबाट अरु पनि कैयौं विद्यार्थी अपहरणमा परेका थिए ।
उनीहरुलाई अपहरण गर्ने योजनाका साथ ती अज्ञात व्यक्तिहरु हतियारसहित पुगेका थिए । उनीहरुले सो विद्यालयका सुुरक्षा गार्डलाई गोली प्रहार गरेर विद्यालय भित्र छिरेका र अपहरण गरेका थिए ।
छात्रबासमा रहेका विद्यार्थीलाई अपहरण गरिएको प्रहरीले जनाएको छ । बाँकी विद्यार्थीलाई पनि अपहरणमुक्त गराउनका लागि प्रहरीले प्रयास गरिरहेको जनाएको छ ।

रासस
रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।
प्रतिक्रिया