सुजिता हत्या प्रकरण : चितवनमा कर्फ्यु आदेश
नेपालखोज
२०७८ असार २२ गते २१:०३
चितवन । चितवनमा कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिकाको वडा नम्बर १ देखि ४ को डडुवासम्म कर्फ्यू आदेश जारी गरेको हो ।
राप्ती नगरपालिका बस्ने सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर हिंसात्मक प्रदर्शन हुन सक्ने भन्दै स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।
यस अवधिमा लामो दुरीका गाडीबाहेक आवातजावत र भेला हुन रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले निकालेका विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया