ग्रहलाई शान्त राख्ने केही उपाय

नेपालखोज २०७८ असार २३ गते ५:०३

हाम्रो जीवनमा कुनै एक ग्रह मात्र कमजोर भयो भनेपनि यससँग सम्बन्धित समस्याहरू व्यक्तिको जीवनमा देखा पर्दछन् । ग्रहहरूलाई सुदृढ बनाएर हामी त्यस समस्याबाट मुक्त हुन सक्छौं ।

मानव जीवनमा प्रत्येक ग्रहको भूमिका हुन्छ । जब एउटा ग्रह कमजोर हुन्छ तब त्यससँग सम्बन्धित समस्याहरू व्यक्तिको जीवनमा आउँछन् । यसका लागि हामीले आफ्नो जीवनशैली, खाना र प्रकृतिमा साना–साना परिवर्तनहरू ग¥यौं भने पनि हामीलाई राहत महसुस हुन्छ । यी परिवर्तनहरूका साथ हामी आफ्ना ग्रहहरू छिट्टै बलियो पार्न सक्छौं ।

सूर्य ग्रहलाई मद्दत गर्ने घरेलु उपाय
प्रत्येक बिहान घाममा केही समय बस्नुहोस् । घामको उज्यालो छँदैमा खाना खाने र तामाको भाँडोबाट पानी पिउँदा फाइदा पुग्छ । काठको फर्निचर प्रयोग गर्नुहोस् ।

चन्द्र ग्रहलाई मदत गर्ने घरेलु उपाय
राती शितलता प्रदान गर्ने खानाहरू खाने गर्नुहोस् । सँधै ताजा खाना खानुहोस् । रसदार फल र सलाद खानुहोस् । पानी खेर नफाल्नुहोस् ।

मंगल ग्रहलाई मदत गर्ने घरेलु उपाय
भुइँमा सुत्ने प्रयास गर्नुहोस् । सातामा एक दिनका लागि नुन नखानुहोस् ।

बुध ग्रहलाई खुसी पार्ने उपाय
तपाईंको आहारमा हरियो तरकारीहरू राख्नुहोस् । सौन्दर्य झल्काउने कुराहरुको उपयोग कम गर्नुहोस् । केही भजन सुन्ने बानी गर्नुहोस् । नुहाउने र सफा गर्नेमा विशेष ध्यान दिनुहोस् ।

शुक्र ग्रहलाई मदत गर्ने उपाय
स्नानपछि सुगन्धित हुने तत्वहरुको प्रयोग गर्नुहोस् । सफा र सुन्दर रंगको कपडा लगाउनुहोस् । दही खानुहोस् ।

प्रतिक्रिया