शुक्रबार, जेठ ४, २०८१

गीतामा के छ ?

हरिविनोद अधिकारी २०८० भदौ २८ गते ५:३४

गीता एउटा अलौकिक पक्ष हो महाभारतमा किनभने यी अठार अध्यायमा कतै कसैको प्रशंसा, निन्दा नगरी अर्जुनको जिज्ञासाको नाममा वास्तविक जीवन रहस्यको निरूपण गर्न खोजिएको छ। वास्तविक तत्व भनेको आत्मा, परमात्मा, ब्रह्म, परमब्रह्म नै हुन् जसले जीवनको रथ चलाएका हुन्छन् सचेतनाका अवस्थामा, सुषुप्त अवस्थामा, स्वप्नावस्थामा र सशरीर हिँड्दा बोल्दा र चिन्तन गर्दाका अवस्थामा । प्रकृति र पुरुषको योगले बनेको संसारमा सबै कुराहरू देखिनेमात्र छैनन्, प्राणवायुलाई कसले पो देखेको छ र रु तर त्यसको आवश्यकता कति पर्छ भन्ने कुरा त्यसको कमी हुँदा या त्यसको आवश्यकता महसुस हुँदा तत्काल पत्ता लाग्छ ।

गीतामा योग शब्दको अर्थ तीन तरिकाले लगाइएको पाइन्छ –समत्व, सामर्थ्य र चित्तवृत्ति निरोध । समताले भूचराचरलाई एउटै ठान्छ, सामर्थ्यले एकसँग अर्कोलाई समन्वय गराउँछ भने चित्तवृत्ति निरोधले नित्यानित्यको पहिचान गरी कर्मयोग, भक्तियोग,ज्ञानयोगको वयान गरिएको हो । कर्म गर्न ज्ञानको आवश्यकता पर्छ, ज्ञान प्राप्त गर्न एकाग्रता अर्थात् भक्तिभावको जरुरत पर्दछ भने फलाफलको अपेक्षाले गरिने कर्मले न त भक्ति सम्भव छ, न त ज्ञानको सदुपयोग हुनसक्छ। त्यसैले भनिएको हो फलको आशा नगरिकन कर्म गर, अर्थात् फल त कर्मअनुसारको त्यसै पनि प्राप्त हुन्छ । चेतनाले नै आत्मा, परमात्मा, ब्रह्म र परमब्रह्मको अवस्थालाई ज्ञानको रूपमा अनभूति गराउने हो ।

गीतालाई धर्मको रूपमा या धार्मिक ग्रन्थका रूपमा लिनु भन्दा पनि चेतनाको विकासक्रमलाई आत्मविद्याको रूपमा परिष्कृत गर्ने आवाजको रूपमा लिइँदै आएको देखिन्छ किनभने यसले अन्तर्चेतनाकाके झिल्को बालेको हुन्छ र हजारौँ वर्षदेखि संसारमा अनुपम ज्ञानको सम्प्रेषण गरेर यो लोक, परलोक र निष्काम कर्मको परिपालन गर्नका लागि उत्प्रेरित गरिरहेको छ । कुनै पनि अपेक्षा पूरा गर्न सर्वप्रथम धारणा बन्नुपर्छ जसलाई कल्पना भन्छौँ, अनि त्यसलाई क्रियान्वयनका लागि आधार तयार गर्नुपर्छ अनि त्यसलाई कर्म भन्छौं, कर्मलाई क्रियान्वयन गर्न ज्ञान चाहिन्छ, ज्ञानका लागि एकाग्रत चित्तले लगन राख्नुपर्छ जसलाई भक्तिभाव भन्छौँ र शरणागतीले भक्तिलाई कार्यसम्पादनमा लगाउन मद्दत गर्नेछ भनेर नै कर्मयोग, ज्ञानयोग र भक्तियोगको समन्वयको यथार्थ चित्रणलाई महाभारतभित्रको गीताको रूपमा गाइँदै आएको रहेछ करिब ५ हजारवर्षदेखि ।

गीताका प्रत्येक अध्यायका अर्थहरू मनीषीहरूले व्याख्यात्मकरूपमा यसरी गरेका छन् कि हामी रनभुल्लमा परेका हुन्छौं तर जीवन र जगतका बारेमा ज्ञानप्राप्त, कर्मसाधना, अभ्यासको निरन्तरता र परिणामको अनपेक्षालाई नै त्यागको रूपमा वर्णन गरिएको हो भन्ने पनि छ । आत्मा, जसलाई अस्तित्वको आधार मानिन्छ, जसलाई प्रकृतिको अनुपम आविष्कार मानिन्छ, त्यही आत्माको व्याख्या गर्नका लागि र आत्माप्रति आफैँले कहिल्यै हीनताभाव नराख्नका लागि गीताले जहिले पनि प्रेरणा दिने कुरामा महान दार्शनिकहरू र जीवनको रहस्यलाई सुल्झाउने योगीहरूले महायोगीको रूपमा श्रीकृष्णलाई मानेका देखिन्छन् ।

उनी महापुरुषको रूपमा २८औं द्वापरको अन्त्यतिर देखिने एक अद्भूत क्षमताका अभियन्ता, कूटनीतिज्ञ, शान्तिका अग्रदूत र क्रान्तिचेतबाट परिवर्तनका बाहकका रूपमा समग्र पूर्वीय साहित्यमा भेटिन्छन्। संयोगान्त साहित्यको रचनाबाट संसारमा प्रतिष्ठित संस्कृत वाङ्मयमा जीवनको व्यावहारिक ज्ञानका लागि महाभारत र त्यसभित्रको अनुपम दार्शनिक रहस्यको भावका रूपमा गीता, व्यक्तिमा हुनुपर्ने आदर्शका लागि रामायण, व्याकरणमा पाणिनीको व्याकरणले संसारलाई नयाँ ज्योति दिएको मानिन्छ जसमा अपौरुषेय वेद अनि त्यसका ६ ओटा अंगहरूले
देखाएको बाटो नै आजका लागि पनि पथ प्रदर्शक मानिन्छ ।

युद्धको विभीषिकाबाट त्रस्त अर्जुनलाई उपदेश दिने निहुँमा श्रीकृष्ण भन्दछन्— न जायते म्रियते वा कदाचित्, नायं भूत्वा भविता वा न भूयः ।

अजो नित्यः शाश्वतोयं पुराणो, न हन्यते हन्यमाने शरीरे ।।
अर्थ – यो आत्मा न कुनै कालमा जन्मन्छ, न त मर्छ नै, अथवा यो आत्मा पहिले भएर फेरि, हुनेवाला होइन । त्यसैले यो आत्मा अजन्मा, नित्य, निरन्तर रहिरहने शाश्वत छ, पुरातन पनि छ । यो शरीर मृत्यु भएपछि पनि यसको नाश हुँदैन । वासांसि जीर्णानि यथा विहाय नवानि

गृह्णाति नरोपराणि।

तथा शरीराणि विहाय जीर्णा, न्यन्यानि संयाति नवानि देही ।

अर्थ – जसरी मानिसले पुराना कपडा फालेर

नयाँ कपडा लाउँछन्, त्यसैगरी जीवात्माले पनि

पुराना शरीरहरूलाई त्यागेर नयाँ शरीर ग्रहण

गर्दछ ।

नैनं छिन्दन्ति शस्त्राणि, नैनं दहति पावकः । न चैनं क्लेदयन्त्यापो न शोषयित मारुतः ।। , अच्छेद्योय, मदाह्योय, मक्लेद्योशोष्य एव च।

नित्यः सर्वगतः स्थाणु, रचलोयं सनातनः ।।
अर्थ – यो आत्मालाई शस्त्रले काट्न सक्दैन, यसलाई आगोले पनि डढाउन सक्दैन, पानीले गलाउन पनि सक्दैन भने वायुले पनि सुकाउन सक्दैन। त्यसैले यो आत्मा नित्य, सर्वव्यापी, अचल, स्थिर छ र सनातन छ ।

जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतस्य च। तस्मादपरिहार्येर्थे, न त्वं शोचितुमर्हसि ।।

अर्थ – किनभने जसले जन्म लिन्छ, उसको मृत्यु निश्चित छ, त्यसरी नै मरेकाको जन्म पनि सुनिश्चित छ। त्यसैकारण नभई नछाड्ने विषयमा तिमीले शोक गर्न योग्य छैन अर्जुन।

अर्जुनले आफूलाई निष्काम कर्मका लागि तयार रहेको र युद्ध गर्न तयार भएको आत्मबोध देखाए पछि श्रीकृष्णले आफ्नो लोककल्याणका लागि भनिएका वाक्यहरू सञ्जयमार्फत् संसारलाई जानकारी दिएका हुन्छन्। मानिसहरूमा जहिले पनि मनमा द्विविधा हुन्छ त्यस्तो अवस्थामा कसरी मनलाई एकाग्रचित्त बनाउने भन्ने जुन मानसिक अवस्था सृजना गरिन्छ, गीताले निष्काम कर्मको दर्शन दिएर संसारका लागि पूर्वीय दर्शनको नयाँ ज्योति फैलाएको देखिन्छ र तत्कालको अवस्थामा पुनर्जागरणको नयाँ बिगुल फुकेको बुझ्न कठिन छैन ।

त्यसैले गीतामा जसले जे चाहना राख्यो, त्यही प्राप्त गर्छ भन्ने भनाइ पनि छ किनभने यसका सूत्रहरूको व्याख्या गर्नका लागि अनेक तरिका रहेछन्। अनि श्रीकृष्णले भनेको यस्तो यस धर्ममय संवादरुपी गीताशास्त्रलाई पढ्छ, उसद्वारा पनि म ज्ञानयज्ञद्वारा पूजित हुन्छु भन्ने मेरो धारणा छ। सत्य, धर्म र ज्ञानका लागि दिइएको गीताज्ञानले मानिसहरूमा कर्म गर्ने प्रेरणा प्राप्त भइरहने छ र यसको नयाँ नयाँ अनुशीलन भई रहने छ भन्ने कामना गर्नु नै श्रेयस्कर छ।

आध्यात्मिक तथा दार्शनिक अर्थमा गीताप्रति साख्यभाव राख्नेहरूले गीतालाई यसप्रकारले चेतनाको माथिल्लो श्रोत मानेको पाइन्छ देवकीनन्दन श्रकृिष्णद्वारा गाइएको गीता मात्र एक शास्त्र हो, देवकीनन्दन श्रीकृष्ण एकमात्र देवता हुन्, उनको नाम श्रीकृष्णमात्र महामन्त्र हो र उनको सेवा नै एकमात्र कर्तव्य हो ।

एकं शास्त्रं देवकीपुत्रगीत – मेको देवो

देवकीपुत्र एव । एको मन्त्रस्तस्य नामानि यानि, कर्माप्येकं तस्य देवस्य सेवा ।

ins

प्रतिक्रिया