४ वटा प्रदेशमा भीषण वर्षाको सम्भावना

नेपालखोज २०७८ असार २३ गते ७:३०

काठमाडौं । अहिले प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ । भीषण वर्षाका कारण पहाडी भेकमा पहिरो र नदी तटीय क्षेत्रमा बाढी र डुबानको खतरा रहेकाले सतर्कता अउनाउन महाशाखाले आग्रह गरेको छ ।

दिउँसोसम्मै देशका अधिकांश भू-भागहरूमा मौसम बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक वा दुई स्थान अति भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति पनि देशका अधिकांश भू-भागमा मौसम बदली रही प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही भने भीषण वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा अति भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मनसुनी वायुको प्रभावका कारण देशभर मौसम बदली रहेको हो ।

प्रतिक्रिया