बाँडियो जीवन विकास लघुवित्तको आईपीओ, १९ लाख आवेदकको हात रित्तो

काठमाडौं । जीवन विकास लघुवित्तको साधारण सेयर बाँडफाँड गरिएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार असार ११ देखि १५ गतेसम्म निष्कासन भएको लघुवित्तको साधारण सेयरका आवेदकमध्ये ९ प्रतिशतले मात्र आईपीओ हात पारेका छन् ।
धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकाअनुसार १० कित्ताका दरले १ लाख ८४ हजार ८०१ जना आवेदकले गोलाप्राथबाट आईपीओ पाए ।
लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका १९ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको १९ लाख ७७ हजार ३०० कित्ता साधारण सेयर निष्कासन गरेको हो । निष्कासित सेयरमध्ये ३० हजार ४२० कित्ता सेयर कर्मचारीका लागि तथा ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।
एनएमबि क्यापिटलका अनुसार लघुवित्तको सेयरमा ३ अर्ब १२ करोड ६६ लाख २६ हजार २०० रुपैयाँ रुपैयाँको ३ करोड १२ लाख ६६ हजार २६२ कित्ता सेयर माग गरिएको थियो जसमध्ये झन्डै १९ लाखको हात खाली भएको छ ।

प्रतिक्रिया