नेपाल एसबीआई बैंकद्वारा वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण

नेपालखोज २०७८ असार २३ गते १६:३३

काठमाडाैं । नेपाल एसबीआई बैंकले आफ्नाे २८औं वार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण गरेको छ ।

वीर अस्पतालमा आयोजना भएकोे समारोहमा नेपाल एसबीआई बैंकका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देद्वारा वीर अस्पताल कोभिड एकीकृत केन्द्रिय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई हस्तान्तरण गरेका हुुन् ।

उक्त समारोहमा वीर अस्पतालका उपनिर्देशक डा. आशिष ढुंगानाका साथै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमूख संचालन अधिकृत यादभेंद्र कांत, सल्लाहकार छपिराज पन्त तथा अस्पताल तथा बैंकका अन्य कर्मचारीको उपस्थिति थियो ।

प्रतिक्रिया