सुदूरपश्चिमबाहेक देशभर भारी वर्षाको सम्भावना

नेपालखोज २०७८ असार २४ गते ७:५५

काठमाडौं । मनसुनी वायुको प्रभावका कारण अहिले देशभर सामान्य देखि पुर्ण बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम विश्लेषणसम्बन्धि बुलेटिन जारी गर्दै प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको जनाएको हो ।

विभागका अनुसार आगामी २४ घण्टामा प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

यस्तै प्रदेश १ बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थान धेरै भारी वर्षाको सम्भावना रहेको बताइन्छ । त्यसैले उक्त प्रदेशहरुको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन-यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया