बढ्यो सुनको मूल्य, चाँदीकाे कतिमा हुँदै छ काराेबार ?
नेपालखोज
२०७८ असार २४ गते ११:१५

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला एक सय रुपैयाँले बढेर ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि एक सय रुपैयाँले बढेर ९१ हजार आठ सय रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुन ९१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य आज १० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया