नेपालकै पहिलो एनआईबीएल फन्ड तेस्रो वर्षमा

नेपालखोज २०७८ असार २४ गते १३:०८

काठमाडौं । नेपालकै पहिलो खुलामुखी योजाना एनआइबीएल सहभागिता फन्डले संचालनको दोस्रो वर्ष सफलतापूर्वक सम्पन्न गरि तेस्रो वर्षमा प्रवेश गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापकतथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फन्ड अन्र्तगत संचालित यस योजनाले नेपालकोे पूँजीबजारमा खुलामुखी योजानाको परिचय दिन सफल भएको छ ।

यो खुलामुखी योजानाले संचालनको पहिलो आर्थिक वर्ष २०७६/२०७७ मा नै आफ्ना इकाइधनीहरुको लागि ८.२५ प्रतिशत नगद लाभांश समेत प्रदान गर्न सफल भएको थियो ।

१० रुपैयाँ अंकित मूल्य रहेको यो योजानाको २०७८ साल असार २२ गतेको दिनको तथ्याङ्क अनुसार प्रतिइकाई खुद मूल्य १७ रुपैयाँ २१ पैसा पुुगेको भने योजनाको आधारमा ३१ करोड ४२ लाख रुपैयाँ पुुगेको छ ।

योजना व्यवस्थापक, एनआइबीएल एस क्याप्टिल लिमिटेडले एनआइबीएल सहभागिता फन्डको दोस्रो वार्षिकोत्सवको उपल्क्षयमा लगानीकर्ताहरुलाई आफ्नो लगानीलाई तत्काल दुई गुणासम्म बृद्धि गराउने योजाना गत आइतबार असार २० गते देखि आज बिहीबार असार २४ गते सम्मको लागि ल्याएको थियो ।

तसर्थ यस योजनामा हालसम्म सहभागि नहुनु भएका लगानीकर्ताहरुलाई आज योजानाको अन्तिम दिन अपह्रान्न ३ बजे सम्ममा सहभागि हुन समेत एनआईबिएल एस क्याप्टिल लिमिटेडलले अनुरोध गरेको छ ।

यस योजनाको नतिजा २०७८ साल श्रावण १५ गते गोलाप्रथाद्वारा फेसबुुक लाइफमार्फत गरिने । योग्य सहभागिहरुबाट २० जना विजेता घोषणा गरिनेछ र पूर्व निर्धारित नियम र सर्तहरु अनुसार पुरस्कार वितरण गरिनेछ ।

प्रतिक्रिया