नेकपा एमाले कार्यदलको बैठक साँझ ७ बजेसम्मका लागि स्थगित (भिडियोसहित)

नेपालखोज २०७८ असार २४ गते १४:१०

काठमाडौं । नेकपा(एमाले) विवाद समाधन गर्न गठित कार्यदलको बैठक बिहीबार बेलुकी सात बजे बस्नेगरी स्थगन गरिएको छ । बिहीबार दिउँसो सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कार्यदलको बैठक बसेको थियो ।

छलफल सकारात्मक र गम्भिर रहेकाले कार्यदलले निष्कर्षमा पुर्याउनका लागि जोड गरिरहेको कार्यदल सदस्य सुभाषचन्द्र नेम्वाङले बताए । छलफललाई निष्कर्षमा पु¥याउनका लागि थोरै तयारी आवश्यक रहेको र यसबीचमा तयारी गरेर बेलुकि ७ बजे बैठक राखिने उनले जानकारी दिए ।

त्यस्तै सञ्चारकर्मीमाझ प्रतिक्रिया दिदैँ कार्यदल सदस्य गोकर्ण विष्टले हिजोभन्दा आज छलफलमा प्रगति भएको बताए । केही कुरामा सहमती जुटाउन बाँकी रहेका कारण बेलुकासम्मका लागि बैठक सरेको उनले जानकारी दिए ।

विवाद समाधानको विन्दुमा आइपुगेको र अब निष्कर्षमा पुग्न धेरै समय नलाग्ने उनले बताए । एमाले कार्यदल सोमबार यता चौथो पटकसम्म बसिसकेको छ ।

कार्यदलको सक्रियता तथा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको बुधवार भेट भएको सन्दर्भलाई समेत हेर्ने हो भने कार्यदलको बिहीबार साँझको बैठकबाट कुनै न कुनै निर्णय आउनसक्ने नेताहरुको दाबी छ ।

प्रतिक्रिया