तास खेलिरहेको अवस्थामा चिनियाँँ नागरिकसहित १६ जुवाडे पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ ठमेल जेपी मोडस्थित होटेलमा तास खलिरहेको अवस्थामा होटेल संचालक चिनियाँ नागरिक राहदानी नम्बर ई ९९८३३१२३ बहाक हि छियालोङसमेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटेलमा हारजित हुने गरी जुवातास सट्टाबाजी खेल खेलाई रहेको भन्ने विशेष सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २३ हजार रूपैयाँ तथा जुवातास खेल्न प्रयोग गरेको विद्युतिय १ थान टेबल, २ सय १० थान प्लाष्टिकको गोटी, १ सय ६० पत्ता तास, २ डिब्बा चिनियाँ लामो तास र खुल्ला अवस्थामा रहेको ७० पत्ता चिनियाँ लामो तास सहित पक्राउ गरेको हो ।
यसैगरी भक्तपुर, सुर्यविनायक नगरपालिका-७ ध्याम्पे डाँडा बस्ने सन्जीब वाग्लेको घ्याम्पे आइएनएन होटेलमा तास खेलिरहेको अवस्थामा वाग्लेलगायत छ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटेलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५८ हजार २ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
दाङको तुलसीपुर उपमहानगरपालिका-१० गौरीगाउस्थित झग्गु प्रसाद बुढाथोकीको घरमा तास खेलीरहेको अवस्थामा सोही उपमहानगरपालिका-५ बस्ने ३४ वर्षीय शरण श्रेष्ठलगायत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ४७ हजार १ सय २५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया