चौबीस घण्टामा १ हजार ८७५ संक्रमित थपिए, २९ जनाकाे मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा एक हजार २८६ कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । सोही अवधिमा १ हजार ८७५ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जम्मा १० हजार ५०५ जनामा परीक्षण गरिएको छ । जसमा ५ हजार ३७४ जनामा पीसीआर विधिबाट गरिएको परीक्षणमा १ हजार २१८ र ५ हजार १३० जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६५७ जना गरी १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा २९ जनाको कोरोनाका कारणा मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार ३२० पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २६ हजार ४४७ रहेको छ ।
हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ६ लाख १५ हजार ६१३ जना पुगेका छन् । हाल नेपालमा क्वारिन्टिनमा तीन सय र आइसोलेसनमा २६ हजार४४७ जना रहेका छन् ।
नेपालमा हालसम्म ६ लाख ५१ हजार ३८० जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया