कैलालीमा साढे तीन वर्षीय बालकको हत्या, दिदीसहित दुई किशोरी पक्राउ
नेपालखोज
२०७८ असार २४ गते १८:१७

कैलाली । कैलालीको टीकापुरमा साढे तीन वर्षीय बालकको हत्या आरोपमा दिदीसहित दुई किशोरी पक्राउ परेका छन् । बुधबार मृत फेला परेका साढे तीन वर्षीय बालक विवेक विष्टको हत्या आरोपमा उनकै दिदी नाता पर्ने १५ वर्षीया किशोरी र किशोरीकी १४ वर्षीय साथीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले प्रारम्भिक अनुसन्धानको क्रममा विवेककी दिदी नाता पर्ने किशोरीले हत्या गरेको स्वीकारेको बताए । उनका अनुसार ती किशोरीले घरायसी रिसइबीका कारण बालकको हत्या गरेको बयान दिएकी छन् ।
गत सोमबार ११ बजेदेखि बेपत्ता भएका बालकको बुधबार जमरा कुलोको किनारमा शव फेला परेको थियो ।
सम्बन्धित

प्रतिक्रिया