चीनबाट ८ लाख डोज भेरोसेल खोप ल्याइयो
नेपालखोज
२०७८ असार २५ गते ९:४६

काठमाडौं । नेपाल सरकारले चीनसँग खरिद गरेको कोरोविरुद्धको खोपको पहिलो खेप काठमाडौंमा आइ पुगेको छ ।
आज बिहान नेपाल वायूसेवा निगमको विमान ८ लाख डोज भेरोसेल खोप बोकेको त्रिभुवन विमानस्थलमा अवतरण भएको हो ।
नन डिस्क्लोलर एग्रिमेन्ट अन्तरगत नेपालले चीनसँग ४० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको छ । यसको मुल्य खुलाइएको छैन ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार आज ल्याइएको खोपको तौल १३ हजार किलो छ ।
चीनबाट खोप ल्याउन विमान फेरि त्यसतर्फ प्रस्थान गर्नेछ ।
सम्बन्धित
प्रतिक्रिया