आइतबार, वैशाख १४, २०८२

कवि एवं गीतकार दिनेश अधिकारीकाे एल्बमबाट

दिनेश अधिकारी २०७८ असार २६ गते ११:०८

नेपाली साहित्य र संगीतको क्षेत्रमा तीनजना ‘वल्लभ’ हरुको नाम गर्वका साथ लिइन्छ। ती नामहरु हुन्- प्रख्यात कवि एवं गीतकार ईश्वरवल्लभ, सुपरिचित गीतकार एवं रेडियोकर्मी विश्ववल्लभ र सुप्रसिद्ध संगीतकार एवं गायक शक्तिवल्लभ ।

यहीँनेर भनिहालूँ धेरैलाई लाग्दोरहेछ- यी तीनजना साक्खै दाजुभाइ होलान् । यथार्थचाहिँ के हो भने ईश्वरवल्लभ र विश्ववल्लभचाहिँ भट्टराई थरका सहोदर दाजुभाइ नै हुन् भने श्रेष्ठ थर भएका शक्तिवल्लभ चाहिँ अलग्गै परिवारका हुन् ।

यी तीनजना ‘वल्लभ’ हरुलाई एकैसाथ भेटेपछि मलाई लाग्यो यो अवसरलाई तस्बिरमा सुरक्षित राख्नुपर्छ । मेरो अनुरोधमा भाइ कुमार आलेले आफ्नो सीप खन्याएर यी तस्बिरहरु खिचिदिनुभयो । २०५६ साल पुसको पहिलो सातामा पोखराको फेवाताल र साराङ्‌कोटमा तीन वल्लभका साथमा खिचिएका यी तस्बिरहरु मेरा प्रिय तस्बिरहरु मध्येका हुन् ।

सम्भवत: तीनैजना वल्लभलाई यसरी एउटै तस्बिरमा अन्यत्र भेटिँदैन पनि होला !

प्रतिक्रिया