एमाले कार्यदलले बनायो सहमतिको खाका, आजै शीर्ष नेताहरुलाई बुझाइने

नेपालखोज २०७८ असार २६ गते ६:४९

काठमाडौं । नेकपा एमालेमा रहेको अन्तरकलह मिलाउन गठित कार्यदलले सहमतिको खाका तयार गरेको छ । सहमतिको खाका तयार गरेर आजै (शनिबार) शीर्ष नेताहरुलाई बुझाउने कार्यदलको तयारी छ ।

विगत केही दिनयता निरन्तर बसेको कार्यदलको बैठकले एकताको बुँदाहरुमा सहमति बनाएको हो । कार्यदलको बैठक हिजो (शुक्रबार) दिनभरी अर्थ मन्त्रालयमा बसेको थियो । बैठकपछि बाहिरिएका कार्यदलका सदस्यद्वय प्रदिप ज्ञवाली र गोकर्ण बिष्टले पार्टीमा एकता कायम गर्ने विषयमा सहमतिको निष्कर्ष निकालेको जानकारी दिएका थिए ।

सहमति भएको विषयमा भाषा मिलाएर आज (शनिबार) को बैठकबाट सार्वजनिक गरिने पनि ज्ञवालीले बताए । जेठ २ गते गठन भएको कार्यदलले गएको सोमबारदेखि घनिभूत रुपमा छलफल सुरु गरेको थियो ।

प्रतिक्रिया