शुक्रबार, असार १३, २०८२

अवकाशप्राप्त कोलम्बियाली सैनिकको समूहको संलग्नता रहेको प्रहरीको दाबी

१५ जना पक्राउ, ८ जना फरार

नेपालखोज २०७८ असार २६ गते ७:५१

काठमाडौं । अवकाशप्राप्त कोलम्बियाली सैनिकहरुको एक समूहले हाइटीका राष्ट्रपति जोभेनल मोइजेको हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ ।

२६ कोलम्बियाली र हैटी मूलका दुईजना अमेरिकी हत्यामा संलग्न रहेको प्रहरी प्रमुख लियोन चार्ल्सले जनाएका छन् । हत्यामा संलग्न भएको आशंका गरिएका थप ८ जना फरार छन् । दुई अमेरिकीसहितका १७ जना पक्राउ परेका छन् ।

केही आरोपितको मृत्यु भने राजधानी पोर्ट औ प्रिन्समा भएको गोली हानहानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार बन्दुकधारीको समूह राष्ट्रपतिको निजी निवासमा प्रवेश गरेर गोली हानेका थिए । गोली लागेर त्यहाँकी प्रथम महिला घाइते छिन् । उनको अमेरिकामा उपचार भइरहेको छ । हत्या गर्नुको उद्देश्यबारे पुष्टि नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया