मंगलबार, वैशाख ३०, २०८२

माओवादी केन्द्रका अध्यक्ष दाहाल स्वघोषित नेता मात्रै हुन् : नेता रायमाझी

नेपालखोज २०७८ असार २६ गते १५:२७


काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल स्वघोषित नेता मात्रै भएको आरोप लगाए ।

सर्वोच्च अदालतको फैसला पछि नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेका अध्यक्ष एवंम् प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्दे एमालेमा प्रवेश गरेका नेता रायमाझीले दाहालकै कार्याशैलीका कारण पार्टी कमजोर हुदै गएको र आफूहरुले त्यही कार्यशैलीको विरोध गर्दे आएको बताए ।

संघीय राजधानी काठमाडाैं मा शनिबार आयोजित कार्यक्रममा नेता रायमाझीले ६९ सालमा नाममात्रको महाधिवेशन गरिएको टिप्पणी गरे । उनले विगत ३३ वर्ष देखि विना बिचार तथा विधि र प्रक्रिया विना नै अध्यक्ष दाहाल स्वघोषित रुपमा नेतृत्वमा बसिरहेको आरोप लगाए ।

उनले दाहालको कार्यशैलीका कारण पार्टी कमजोर हुदै गएको बताए । माओवादी पार्टीले गरेको योगदानलाई कदर गर्नुपर्छ र कमजोरीलाई करेक्सन गर्नुपर्छ भनेर आफूहरु संघर्ष गरिरहेको उनले स्पष्ट पारे । नेकपा माओवादी केन्द्रको कार्यशैली राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था प्रतिकुल भएको दाबी उनले गरे ।

प्रतिक्रिया