दुई वर्षपछि राखेपको बोर्ड बैठकको टुंगो, बैठक असार ३० गते बस्ने

काठमाडौं । करिब दुई वर्षपछि राखेपको बोर्ड बैठक बस्ने भएको छ । बैठक असार ३० गते बस्ने राखेप सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि पहिलो पटक बैठक बस्न लागेको हो । नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदको समापनपछि राखेपको बोर्ड बैठक बस्न सकेको थिएन । सदस्य सचिव सिलवालले राखेप अध्यक्षसंगको छलफलमा बोर्ड बैठकको टुङ्गो लागेको बताए । युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठले प्राप्त गरेका छन् । खेलकुद मन्त्री राखेपको अध्यक्ष रहने प्रावधान छ ।
खेलकुद विकास ऐनमा परिषद्को बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्ने उल्लेख छ । सदस्य सचिवले अध्यक्षसंगको परामर्शमा परिषद्को बैठक बस्ने मिति, समय, स्थान र बैठकमा छलफल हुने विषयको सूचि सहितको सूचना बैठक हुनुभन्दा कम्तीमा सात दिन अगावै सबै सदस्यलाई पठाउनुपर्ने उल्लेख छ । सदस्य सचिव सिलवालले अध्यक्षसंगको परामर्शमा बोर्ड बैठकका लागि एजेण्डा तय गरिने बताए ।
‘

प्रतिक्रिया