देउवा र नेपालसँग प्रचण्डको छुट्टाछुट्टै भेटवार्ता, आगामी रणनीतिका विषयमा छलफल

नेपालखोज २०७८ असार २६ गते १८:१५

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

नेपाल निवास कोटेश्वर पुगेर नेपाललाई शनिबार भेटेका प्रचण्ड देउवालाई भेट्न त्यहीँबाट सीधै बूढानीलकण्ठ गएका थिए । उनीहरुबीच विपक्षी गठबन्धन, वर्तमान राजनीति र आगामी रणनीतिका विषयमा छलफल भएको बताइएको छ ।

एमालेको विवाद मिल्ने अवस्थामा आइसकेको कार्यदलले बताएपछि प्रचण्डले भेटघाटलाई तीव्र बनाएका हुन् । प्रचण्डसँगको भेटमा नेपालले सर्वोच्चमा परेको मुद्दा प्रभावित हुने गरी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहमति नहुने स्पष्ट पारेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया