‘सिंहदरबार मार्च’मा नागरिक अगुवा प्रहरी नियन्त्रणमा
नेपालखोज
२०७८ असार २७ गते ११:३५

काठमाडौं । नागरिक समाजका अगुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिंहदरबार मार्चका क्रममा प्रहरीले नागरिक अभियन्ताहरुलाई नियन्त्रणमा लिएको हो ।
सिंहदरबार गेटअगाडि प्रदर्शन गर्ने तयारी भैरहेका बेला लेखक खगेन्द्र संग्रौला, वरिष्ठ पत्रकार नारायण वाग्लेलगायतलाई प्रहरीले पक्रेको हो ।
बृहत् नागरिक आन्दोलनको आयोजनामा भएको ‘सिंहदरबार मार्च’मा प्राध्यापक डा. गोविन्द केसीसमेत उपस्थित थिए । कार्यक्रम सुरु नहुँदै अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि कार्यक्रम प्रभावित भएको छ ।
सम्बन्धित
प्रतिक्रिया