शुक्रबार, वैशाख १४, २०८१

नबिल बैंक र युनाइटेड फाइनान्सकाे एकीकृत कारोबार सुरू

नेपालखोज २०७८ असार २७ गते १२:१८

काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्नेप्रक्रिया पुरा भएको छ । प्राप्तिप्रक्रिया पुरा भएर आजदेखि एकीकृत कारोबार सुरु भएको छ ।

आज आयोजित एक कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्स का अध्यक्ष उपेन् प्रसाद पौड्यालले र बसन्त कुमार चौधरीले एकीकृत कारोबार सुभारम्भ गरेका हुन् ।

नबिल बैंकका अध्यक्ष उपेन् प्रसाद पाड्यालले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए ।

‘यो प्राप्तिले नबिल बैंकको आगामी व्यवसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त रहेका छौं,’ अध्यक्ष पौड्यालले भने ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पुजी १३ अर्ब ८४ करोड रुपैयाँ पुग्नेछ भने कुल पुँजीकोष ३२ अर्ब ६८ करोड रुपैयाँ हुनेछ ।

साथै, नबिल बैंकको शाखा सञ्जाल बृद्धी भइ १३५ हुनेछ र एटिएम संख्या भने १८३ हुनेछ । निक्षेपको आकार २१६ अर्ब रुपैयाँ हुनेछ भने कर्जाको आकार २०१ अर्ब रुपैयाँ हुनेछ (चैत्र मसान्तको वित्तिय विवरण अनुसार) ।

यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुुवैको आकार २ खर्ब माथि हुनेछ । यो प्राप्तीस“गै नबिल बैंकले बजारमा आफ्नाे नविन सेवा र थप शाखा सञ्जालमार्फत नयाँ रणनिती अनुसार बजारमा उपस्थित हुनेछ ।

प्रतिक्रिया