मंगलबार, वैशाख ३०, २०८२

चौबीस घण्टामा १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ५३३ जना डिस्चार्ज

नेपालखोज २०७८ असार २७ गते १६:३४

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विगत चौबीस घण्टामा जम्मा ९ हजार २१८ जनाको कोरोना परीक्षण भएको छ ।

पीसीआर विधिबाट ५ हजार ५३५ जनाको र एन्टिजेन विधिबाट ३ हजार ६८३ जनाको परीक्षण भएकोछ । जसमा पीसीआर विधिबाट १ हजार २३७ जना र एन्टिजेन विधिबाट ५९४ जना गरि कुल १ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ६ लाख ९९ हजार ८८ रहेको छ । जसमध्ये ६ लाख १९ हजार ८९४ डिस्चार्ज भइसकेका छन् । भने कोरोना संक्रमणका कारण हालसम्म ९ हजार ३८२ जनाको मृत्यु भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेले गत चौबीस घण्टामा थप १ हजार ५३३ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएको जनाकारी दिए । त्यस्तै, चौबीस घण्टामा कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया