मंगलबार, वैशाख ३०, २०८२

निर्वाचन आयोगले भन्यो- प्रचण्ड नेतृत्वको माओवादी वैधानिक हो

नेपालखोज २०७८ असार २७ गते १६:४९

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक पार्टी भएको निर्वाचन आयोगले ठहर गरेको छ ।

संवैधानिक र कानुनी सर्त पूरा गरी दर्ता कायम भएको देखिएकाले माओवादी केन्द्रलाई वैधानिकतामा प्रश्न उठाउन नमिल्ने भन्दै आइतबार आयोगले यस्तो निर्णय गरेको हो ।

माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउँदै अधिवक्ता सरोज बुढाथोकीले आयोगमा निवेदन दिएका थिए । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्र नामक दलको अध्यक्ष आफू भएको भन्दै भविश्वर पराजुलीले निवेदन पेस गरेका थिए ।

आयोगले पराजुली अध्यक्ष भएको नेकपा माओवादी केन्द्र दर्तै नभएको पनि प्रस्ट्याएको छ । पराजुलीले अरु पार्टीको लेटरप्याड प्रयोग गर्दै गलत विवरण उल्लेख गरेको पनि आयोगले जनाएको छ ।

अन्य दलको लेटरप्याड प्रयोग गरी गलत विवरण पेस गर्ने निवेदक पराजुलीलाई सचेत गराउने आयोगको निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया