बुधबार, जेठ १, २०८२

एमाले स्थायी कमिटी बैठक आज बस्ने

नेपालखोज २०७८ असार २८ गते ८:४२

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

यसअघि एमाले कार्यदलले दश बुँदे सहमतिको प्रस्ताव तयार गरे पछि बैठक बस्ने भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु पनि उपस्थित हुनेछन् । नेकपा एमाले र माओवादी केन्द्रलाई सर्वोच्च अदालतले ब्यूँताइदिएपछि एमाले अध्यक्ष ओलीले बोलाएको बैठकमा नेता नेपाल पक्ष सहभागी हुने गरेको थिएन ।

हिजो बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित गरि आजका लागि सारिएको थियो ।

प्रतिक्रिया