बुधबार, जेठ १, २०८२

जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप नेपाल आइपुग्यो, एक मात्रा लगाए पुग्ने

नेपालखोज २०७८ असार २८ गते ११:००

काठमाडौं । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप काठमाडौं आइपुगेको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाले नेपाललाई उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप लिएर कतार एयरको जहाज आज बिहान ९ बजेर ४५ मिनेटमा काठमाडौं आइपुगेको हो ।

त्रिभुवन विमानस्थलमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले पत्रकार सम्मेलन गरेर स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरेका छन् ।

यो कम्पनीले विकास गरेको खोप एक मात्रा लगाए पुग्ने भनिएको छ ।

प्रतिक्रिया