वाग्मती प्रदेशको बजेट बहुमतले पारित
नेपालखोज
२०७८ असार २८ गते ११:३२

हेटौंडा । बाग्मती प्रदेशको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ ।
सोमबार बसेको संसद बैठकले प्रदेश सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ पारित गरेसँगै बजेट पनि बहुमतले पास भएको हो ।
असार १ गते प्रदेश सरकारले संसदमा पेस गरेको आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट बहुमतले पारित भएको हो ।
प्रदेश सरकारले आर्थिक वर्ष ०७८-७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको छ ।
यसअघि आइतबार बसेको संसद बैठकले विनियोजन विधेयक २०७८ बहुमतले पारित गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया