दक्षिण कोरियाली राष्ट्रपति मुनप्रति जनविश्वास बढ्दो

सियोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ-इन प्रतिको जनविश्वास गत हप्ताको तुलनामा ३।१ अङ्कले वृद्धि भई ४१.१ प्रतिशत पुगेको साप्ताहिक मूल्याङ्कन विवरणले देखाएको छ ।
मार्चपछि १८ सातामा उनीप्रतिको समर्थनमा पहिलोपटक ४० प्रतिशतभन्दा माथि पुगेको हो ‘रियलमिटर’ सर्वेक्षण रिपोर्टले देखाएको छ ।
राष्ट्रपति मुनको आचरणको नकारात्मक मूल्याङ्कन पहिलेको साताको तुलनामा गत साता ३.२ प्रतिशत अङ्कले घटेर ५४.९ प्रतिशतमा झरेको छ ।
मूनको डिमोक्र्याटिक पार्टीप्रतिको समर्थन गत साता ३.३ प्रतिशतले वृद्धि भई ३२.९ प्रतिशत पुगेको छ । दक्षिण कोरियाको मुख्य प्रतिपक्षी दल, पिपल्स पावर पार्टीलाई गत साता ३७.१ प्रतिशत समर्थन मिलेको छ ।
यो अघिल्लो साताको तुलनामा ०.६ प्रतिशतले बढी हो । अर्को दल ओपन डिमोक्रयाटिक पार्टीप्रतिलाई सात प्रतिशत मात्र समर्थन मिलेको छ भने पिपल्स पार्टीलाई छ र जस्टिस पार्टीलाई ३।५ प्रतिशत समर्थन कायम भएको छ ।

प्रतिक्रिया