देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्चको परमादेशपछि कसले के भने ?

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापना भएको छ । सर्वोच्च अदालतले केपी शर्मा ओलीले दोस्रोपल्ट विघटन गरेको संसद् फेरि ब्युँताइदिएको हो ।
प्रतिनिधिसभा पुनःस्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६ (५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको छ ।
यसै विषयलाई लिएर समाजिक सन्जाल फेसबुकमा नेता, कलाकार र बुद्धिजीविहरुले आफ्ना विचार प्रस्तुत गरेका छन् । हेरौं कसले के भने ।
शेरबहादुर देउवा
सभापति, नेपाली कांग्रेस
ऐतिहासिक फैसलाको हार्दिक स्वागत ।
योगेश भट्टराई
नेता, नेकपा एमाले
सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुन: स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु । बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चिततासहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरुमा संयम र धैर्यताकासाथ अघि बढ्न आह्वन गर्दछु । हिजो भएको १० बुदे सहमतिलाई ईमन्दारिताकासाथ कार्यन्वयन गर्दै नेकपा एमालेलाई संसदभित्र र बाहिर पनि एक ढिक्का रहने छ भन्ने बिश्वास ब्यक्त गर्दछु ।
भीम उपाध्याय, पूर्वसचिव
बल्ल संविधानमा के छ, के छैन हेर्न थालेछन् ग्वॉचेहरूले । सुनको सारा लंका सोत्तर, पुन्पुरोमा हात ! सडकमा नपुगेसम्म संविधान र कानुन बुझ्ने कुरै हुँदैन।
दीपकराज गिरी, हास्य कलाकार
राष्ट्रपतीय प्रधानमन्त्रीद्वारा अदालतीय प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गर्ने सम्भावना !!! त्यसपछि फेरि कुरो उही… । कठै ४ वर्ष लगाएर कस्तो संविधान बनाएछन् !!!
रामकुमारी झाँक्री
नेतृ, नेकपा एमाले
जब राजनीतिक नेतृत्वले विवेक गुमाउँछ, अहंकार र दम्भबाट ग्रसित हुन्छ। न्यायपालिकाले आफ्नो गरिमा बढाएको छ। संवैधानिक इजलासका माननीय न्यायमूर्तिहरू, स्वस्थ्य बहस र पैरवी गर्ने विद्वान् वरिष्ठ अधिवक्ता र अधिवक्ता मित्रहरू यो प्रक्रियाको राजनीतिक नेतृत्व, मिडिया र नागरिक समाज सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु । लोकतन्त्रको पक्षधर नेपाली जनता र माननीय सांसदज्यूहरूलाई हार्दिक बधाई !
गगन थापा
नेता, नेपाली कांग्रेस
प्रतिनिधिसभा विघटन असंवैधानिक थियो, सर्वोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ ।अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन । उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कतैबाट नहोस् भन्ने आशा गरौं। नत्र भिरबाट खस्नेलाई रामराम।
मनोज गजुरेल, हास्य कलाकार
अचम्म निर्देशन : अनौठा फिलिम
टम एन्ड जेरी !
मुसो र बिरालो !
ओली र अन्य !
अदालत र देउवा !
त्यसपछि,
को र के !?
प्रतिक्रिया