लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको छ : मन्त्री पाण्डे

नेपालखोज २०८२ भदौ ४ गते १३:२८

कीर्तिपुर । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनमा निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको बताएका छन् ।

‘कलंकी होटल एण्ड गेष्ट हाउस एशोसिएशनको १३औँ वार्षिक साधारणसभामा उनले सरकारले होटेल आदि चलाएर साध्य हुँदैन त्यसैले निजी क्षेत्रलाई रातो कार्पेट बिछ्‌याएर स्वागत गर्न सरकार तयार छ’, उनले भने ।

उनले सरकारको नियमन गर्ने काममा सहयोगी हुन, श्रम शोषण नगर्न र उपभोक्ताबाट अत्यधिक नाफा असुल नगर्न मन्त्री पाण्डेले आग्रह गरे ।

मन्त्री पाण्डेले कलंकी– कोटेश्वर–स्वयम्भू आसपासका होटेल र गेष्ट हाउसका पेसागत हितका लागि २०६६ सालमा स्थापित एशोसिएशनमा हाल एक सय पाँच होटल तथा गेष्ट हाउस सदस्य रहेका छन् ।

संस्थाले आगामी दिनमा होटेल व्यवसायीका लागि आचारसंहिता जारी गर्न, कलंकी क्षेत्रमा सरसफाइ गर्ने र अन्य सामाजिक कार्य गर्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया