सोमबार, फागुन १४, २०८०

देउवालाई प्रधानमन्त्री बनाउन तयारी थाल्ने विपक्षी गठबन्धनको निर्णय

नेपालखोज २०७८ असार २८ गते १९:३०

काठमाडौं । विपक्षी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्ने निर्णय गरेको छ । देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेशपछि बसेको गठबन्धनको बैठकले गठबन्धन सरकार बनाउने निर्णय गरेको कांग्रेस नेता बालकृष्ण खाँणले जानकारी दिए ।

नेता खाँणले सहमतिको सरकार बनाउन समेत प्रयास गर्ने बताएका छन् । माधवकुमार नेपाल पक्षसमेत सरकारमा सहभागी हुने उनले बताए । सबै पक्षहरुलाई लिएर जानुपर्छ भन्नेमा नेताहरुको मत रहेको नेता खाँणले बताए ।

प्रतिक्रिया