गुजरातमा ११ जुनदेखि लकडाउन खुल्दै, के-के खोल्न पाइने के नपाइने
गुजरात । भारतको गुजरातमा ११ जुनदेखि लकडाउन खुल्ने भएको छ । लकडाउन खोल्न राज्य सरकारले निर्देशन दिइसकेको छ । तर रात्रीकालिन कर्फ्यू भने अहिले पनि राति ९ बजेदेखि बिहान ६ बजेसम्म जारी रहने भएको छ । भारतका विभिन्न राज्यमा जुन १ देखि लकडाउन खुल्ला भइसकेका छन् ।
हेर्नुस् ११ जुनदेखि के-के खुल्दैछ
. ५० भन्दा बढी मानिस एक साथ जमघट हुन रोक ।
. राज्यका सबै धार्मिक स्थल ११ जुनबाट खुल्ने ।
. लाइब्रेरी ५० प्रतिशत क्षमताका साथ खुल्ने ।
.बाग(बगैंचा बिहान ६ बजे र साँझ ७ बजेका बीचमा खुल्ने ।
.जिमखाना पनि ५० प्रतिशत क्षमतामा खुल्ने ।
.सामाजिक, राजनीतिक अनि धार्मिक कार्यक्रममा ५० भन्दा बढी मानिसलाई सहभागी हुन रोक ।
.होटल अनि रेस्टुरेन्टमा ५० प्रतिशत क्षमताका साथ बिहान ९ बजेबाट साँझ ७ बजेको बीच इन(डाइनिंग सर्विस सुरु गर्न, राति १२ बजेसम्म होम डेलिभरी गर्न दिइने छ ।
.पसलहरु बिहान ९ बजेदेखि ७ बजेको बीचमा खोल्न पाइनेछ ।
प्रतिक्रिया