देउवालाई प्रधानमन्त्री नियुक्त गरी शपथ ग्रहण गराउने तयारी

नेपालखोज २०७८ असार २९ गते ९:३५

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्ती नियुक्त हुँदै छन् ।

सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति कार्यालयले उनलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने र शपथग्रहण गराउने तयारी गरेको हो ।
सर्वोच्च अदालतबाट सोमबार भएको फैसलाको पूर्ण पाठ राष्ट्रपति कार्यालयमा साँझै पुगेको थियो ।

त्यसको अध्ययन गरी नयाँ प्रधानमन्त्री नियुक्ति तथा शपथको तयारी भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले जानकारी दिए ।

आज ५ बजेभित्रै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न सर्वोच्चको आदेशमा भनिएको छ ।

प्रतिक्रिया