सुनचाँदीकै मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७८ असार २९ गते ११:२३

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीकै भाउ बढेको छ । छापावाल सुन आज दुई सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि दुई सय रुपैयाँले बढेर ९१ हजार नौ सय रुपैयाँ कायम भएको छ । सोमबार तेजाबी सुन ९१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य आज १० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी १३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया